National life

 आजदेखि सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
738Shares
 आजदेखि सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला 
ncell

काठमाडौँ।  आज (साउन ४ गते) देखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साबिकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपियाँमा पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि थप भई साउन १८ गतेसम्म लम्बिनेछ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्‍याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको जनाएको हो ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि थप भई साउन १८ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको एफपीओमा केयर रेटिङ नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?