काठमाडौँ । आज पुस ४ गते बिहीबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
आज नेपाल एसबीआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । यी २ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दै छन् ।
पुस ५ र ६ गते क्रमशः शुक्रवार र शनिवार परेकाले यी दिन सेयर कारोबार बन्द रहनेछन् ।
नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दै छ। उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा डाकेको छ। सभा, त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश वितरण गर्दै छ। उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।


































