काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार त्रैमाससम्मको अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आवको पहिलो त्रैमाससम्ममा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
साथै, संस्थाको खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ ।
अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले १८ करोड ५७ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । भने संस्थाको कमिशन तथा अन्य सञ्चालन आम्दानी ३३ लाख रुपैयाँ रहेको छ।
यस्तै संस्थाको रिजर्भको आकार ४.३६ प्रतिशतले बढेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात १४.४३ प्रतिशत पुगेको छ।
































