National life

आर्थिक प्रलोभन देखाई हुने गरेको ठगीबाट जोगिन नेपाल बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
677Shares
आर्थिक प्रलोभन देखाई हुने गरेको ठगीबाट जोगिन नेपाल बैंकको आग्रह
ncell

काठमाडौँ। नेपाल बैंक लिमिटेड बैंकको नाम दुरुपयोग गरेर ठगी भइरहेको उल्लेख गर्दै उक्त नाम दुरुपयोग गर्दै भएको ठगीबाट जोगिन आह्वान गरेको छ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालहरूमार्फत आर्थिक प्रलोभन देखाई ठगी भइरहेको पाइएकोले सचेत रहन आग्रह गरेको छ।

विभिन्न समूह-व्यक्तिबाट नेपाल बैंकको लोगो,तथा बैंकसँग सम्बन्धित फोटो,इमेल तथा लिंकहरु प्रयोग गरी कर्जा स्वीकृत पत्र,चिट्ठा,उपहार कार्यक्रम,आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भइरहेकाले सचेत रहन बैंकले सबैमा आग्रह गरेको छ ।

बैंकले विभिन्न सामाजिक सञ्जालहरू जस्तै,फेसबुक,एक्स,टिकटक,युटुब,वाट्सएप,भाइवर,इमोमार्फत कुनै पनि कर्जा स्वीकृत पत्र,चिट्ठा,उपहार जस्ता कार्यक्रम घोषणा नगरेको स्पष्ट पारेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि वा खातामा पैसा जम्मा गरिदिने भनि वा अन्य कुनै प्रयोजनका लागि ओटिपि,लिंक,पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरू बैंकले नमाग्ने भएको हुँदा कसैलाई पनि यस्ता प्रकारको गोप्य सूचना तथा नम्बरहरू उपलब्ध नगराउन बैंकले सूचना मार्फत आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?