काठमाडौँ । मङ्गलवार इमर्जिङ नेपाल लिमिटेडलेको परिचय गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९ दशमलव ८३ प्रतिशतले घटेर एक करोड ४८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यसले १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले सञ्चालन आम्दानी १ करोड ४३ लाखबाट बढाएर १ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । यता, अन्य स्रोतबाट हुने आम्दानी १ करोड ६६ लाखबाट घटेर १ करोड ८ लाख रुपैयाँ कायम भएको छ ।
उक्त आम्दानी घटेसँगै नाफामा दबाब परेको छ । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इमर्जिङ नेपालको जगेडा कोषमा ३ करोड ९७ लाख रुपैयाँले जम्मा छ । यसको प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.१६ रुपैयाँ कायम रहेको छ ।
































