National life

ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
1.2kShares
ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता
ncell

काठमाडाैं । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।

यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु र मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।

साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा ईसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखं प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र सिबिएल मनि ट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका थिए । ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फर बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य रहेको छ।

यस सम्झौताबारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले सिबिएल मनि ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट आफू निकै उत्साहित रहेको बताए ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट र्इ सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा र्इ सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?