National life

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी व्यवसायीसँग माग्यो सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
1.3kShares
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी व्यवसायीसँग माग्यो सुझाव
ncell

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग अर्थतन्त्र सुधारका लागि आवश्यक सुझाव संकलन गरेको छ । वीरगञ्जमा आइतबार आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयोगले उद्योगी तथा व्यवसायीको सुझाव लिएको हो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले अहिलेको अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर सुधार गर्नका लागि सुझाव संकलनको कार्य गरिरहेको जानकारी दिए । पूर्वअर्थसचिव समेत रहेका खनालले नेपालले २०४८ सालपछि एक पटक आर्थिक सुधारमा निकै राम्रो फड्को मारेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक मन्दीको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएकाले उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको गुनासो गरे । मन्त्रिपरिषद्को गत असोजमा बसेको बैठकले पूर्वअर्थसचिव खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल छन् ।

गत ६ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप सदस्यमा राखेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?