National life

उद्यमी व्यवसायीको सहभागितामा १० अर्ब लगानीको कम्पनी स्थापना हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
513Shares
उद्यमी व्यवसायीको सहभागितामा १० अर्ब लगानीको कम्पनी स्थापना हुँदै
ncell

काठमाडौं- देशै भरका उद्यमी व्यवसायीको सहभागिता र नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनीको स्थापना हुने भएको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारण सभामा आफ्नो भनाई राख्दै उक्त जानकारी दिएका छन्।अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने भएको छ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुने ढकालको भनाई छ। यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले समेत लगानी गर्न सक्ने अध्यक्ष ढकालको भनाई छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि सोही समयमा जानकारी दिएका छन्।

राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बत्ताउँदै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारण सभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी गराएका छन् ।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित वृहद आर्थिक बहस यसको कोशेढुंगा भएको ढकालको भनाई छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए। ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?