National life

उद्योगको लाइन काट्ने विषय समस्याको समाधान होइन: उर्जामन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
658Shares
उद्योगको लाइन काट्ने विषय समस्याको समाधान होइन: उर्जामन्त्री खड्का
ncell

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने विषय समस्याको समाधान नभएको बताए।

आज औद्योगिक व्यापार मेला बुटवल- २०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्। सरकारले जुनसुकै बाटो अपनाएर पनि महशुल उठाउन सक्ने भन्दै लाइन काटेर जाने विषय समस्याको समाधान नभएको जानकारी दिएका छन्।

‘लाइन काट्ने कुरा समस्याको समाधान होइन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि महशुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ मन्त्री खड्काले भने ।

‘व्यवसायीहरूको पनि इमानदारिताको आवश्यकता छ। १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ,’ उनले भने, ‘उपभोग गरेको कुरा तिर्नुपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो ।’ मन्त्री खड्काले भने

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?