National life

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
509Shares
उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णय
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नउठेको खण्डमा उद्योगहरूको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो। मंगलबार विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि समितिको बैठक बसेको हो।

यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो। प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने जनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले दिएको समयावधि सकिएसँगै लाइन काट्ने तयारीमा थिए । तर, विद्युत् नियमन आयोगले मंगलबारै लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?