National life

उपत्यकासहित केही सहरमा आज गाईजात्रा मनाइँदै,सेयर बजार, बैंक बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
1.2kShares
उपत्यकासहित केही सहरमा आज गाईजात्रा मनाइँदै,सेयर बजार, बैंक बन्द रहने
ncell

काठमाडौँ। आज देशको राजधानी काठमाडौँ उपत्यकालगायत विभिन्न सहरमा आज गाईजात्रा पर्वलाई विशेष रूपमा मनाइँदै छ।

विशेष गरी नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछन् भन्ने विश्वास छ ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गर्छन् ।

गाईजात्रा पर्वको अवसरमा आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसर्थ आज सेयर बजारलगायतका बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । भने केही बैंकले आफ्नो नियमित सेवा दिने जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?