National life

उपनिर्वाचनका लागि भए रहित वातावरण बनाउन निर्वाचन आयोगको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
732Shares
उपनिर्वाचनका लागि भए रहित वातावरण बनाउन निर्वाचन आयोगको निर्देशन
ncell

काठमाडौँ  । आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न र गराउन, आचारसंहिता पालना भएर नभएको अनुमगन गर्न र निषेधित कार्य भएर गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यही मङ्सिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?