National life

एक दिन सस्तिँदैमा सुनको मूल्यमा कमी आउँछ भन्ने आधार छैनन् : महासंघ अध्यक्ष श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
656Shares
एक दिन सस्तिँदैमा सुनको मूल्यमा कमी आउँछ भन्ने आधार छैनन् : महासंघ अध्यक्ष श्रेष्ठ
ncell

काठमाडौँ। पछिल्लो १ हप्तादेखि नेपाली बजारमा निरन्तर बढेको सुनको मूल्य आज भने सामान्य अंकले घटेको छ ।  ऐतिहासिक कीर्तिमानी कायम गरेको सुनको मूल्य आज सामान्य अंकको गिरावट आएको भएपनी दीर्घकालीन रूपमा घट्ने अवस्था भने नरहेको सुनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।

अध्यक्ष शाक्यले सुनको भाउ अस्वाभाविक रूपमा बढेको र हालको परिस्थितिलाई नजरअन्दाज गर्दा सुनको भाउमा थप वृद्धि हुन जाने बताएका छन् ।अध्यक्ष शाक्यले अन्तर्राष्ट्रिय क्षेत्रमा हुने साना देखि ठुला घटना वा युद्ध भएमा त्यसको सोझो असर सुनको मूल्यमा पर्न जाने बताउँदै हाल रुसका राष्ट्रपति पदमा भ्लाडिमिर पुटिन पुनः निर्वाचित हुँदा आणविक हमला हुने सङ्केत देखिएकाले सोही त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी थपिँदै गएको कारण त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको कारण मूल्यमा वृद्धि भएको बताएका छन् ।

Royal Enfield
nic asia capital

अन्तर्राष्ट्रिय बजारमा सुन लगानी सुरक्षित गर्ने भरपर्दो माध्यम मानिन्छ । जसको कारण सङ्कटमा सुनमा लगानी थपिन जान्छ जसको कारण अन्य देशमा मूल्यमा वृद्धि हुन जान्छ शाक्यले आफ्नो भनाइमा थप गरे । त्यस्तै अहिले रुस र युक्रेन युद्धको त्रास बढ्दो छ । युद्ध नरोकिने हो कि भन्ने त्रास पनि देखिएको छ यसले पनि विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।

लगानीका रूपमा मानिएको छ र लगानी सुनमाथि नै थुप्री रहेको छ जस कारण विश्व बजारमा सुनको भाउ आकासिएसँगै नेपाली बजारमा पनि यसको प्रभाव पर्न आएको बताएका छन् । शाक्यले सुनको मूल्यमा थप वृद्धि हुनसक्ने प्रस्ट कारण रहेको बताए ।

यता, नेपाली बजारमा भने विश्व बजारमा तय हुने मूल्यकै सीधा प्रभाव पर्छ । सुन पूरै आयातमा निर्भर छ । यस कारण पनि मूल्य निर्धारणमा हाम्रो भूमिका कम रहेको व्यवसायीहरू बताउँछन् । व्यापारीले सुनको गहना बनाएर बिक्री गर्ने भएकाले सुनको भाउमा ज्याला, जर्दीसमेत जोडेर उपभोक्तालाई दिइने गरिन्छ । जसले सामान्य उपभोक्तालाई भाउ अझै महँगो पर्न जान्छ ।

विश्व बजारमा यति बेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनको भाउ बढ्न सहयोग पुगेको छ। तर अमेरिकी फेडरल बैंकको ब्याजदर घटाउने प्रेसरका कारण पनि मूल्य घट्ने सम्भावना कम देखिन्छ।

सुनको भाउ घटेमा कतिसम्म आउन सक्छ भन्ने प्रश्नमा शाक्य भन्छन् सुनको भाउ बढ्नु पछाडिको विद्यमान कारणहरूमा समाधान देखिएको खण्डमा सुन सस्तिन सक्छ तर त्यो सम्भावना निकै कम देखिन्छ यदि तपाईँले सोधेझैँ कतिमा आउन सक्छ भन्ने प्रश्नलाई मात्रै हेर्ने हो भने १ लाख १५ हजार आसपासमा आउन सक्ने अनुमान राख्न सकिन्छ ।

सूनको मूल्य तत्काल घट्ने सम्भावना देखिँदैन भन्नुहुन्छ बढ्ने गतिपनी निरन्तर छ कतिसम्म पुग्न सक्छ भन्ने पनि त अनुमान लाउन सकिन्छ होला नि भन्ने हाम्रो प्रश्नमा महासंघ अध्यक्ष थापा भन्छन् । मूल्य निरन्तर बढेपछि स्थानीय बजारमा माग भने ह्वात्तै घटेको छ ।

सुन खरिद गर्नेको सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा छ , यस्तो बेलामा ठ्याक्कै यति नै हुन सक्ला भनेर अनुमानित गर्न सक्ने अवस्था छैन यहाँलाई मैले यस अगाडि पनि अंक नै किटान गरेर भनेको त छु यद्यपि त्यहीँ नै हुन्छ भन्ने होइन अहिलेको परिस्थितिलाई नजर अन्दाज गर्दा १ लाख ३५ हजारसम्म नजाला भन्न सकिँदैन तर हालको सुनको बजारमा जून समस्याहरू खडा भएका छन् त्यसको समाधान नहुने हो भने चाहिँ मैले केही हप्ता अगाडि तपाईँसँगै भनेझैँ अर्को वर्षको ६ महिनाभित्र १ लाख ५० हजार पुग्ने निश्चित अनुमान गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?