काठमाडौं । एनआईसी एशिया बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै ब्याजदर घटाएको जानकारी दिएको हो ।
बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकको अधिकतम ८.६७ प्रतिशत ब्याजदर दिंदै आएको छ ।
माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५० प्रतिशत निर्धारण गरेको छ । यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५ प्रतिशत र न्यूजतम ६.२५० प्रतिशत मात्र ब्याज दिने भएको बैंकले जनाएको छ ।



































