National life

एफपीओ जारी गर्दै विजय लघुवित्त, पुष २९ गतेलाई सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
866Shares
एफपीओ जारी गर्दै विजय लघुवित्त, पुष २९ गतेलाई सभा आह्वान
ncell

काठमाडौँ । विजय लघुवित्तले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव सहित पुष २९ गतेका लागि धुलिखेल लज रिसोर्ट, काभ्रेपलान्चोकमा १६औँ वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा दिउँसो साढे १२ बजे सुरु हुने भएको छ । सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई एफपीओ निष्कासन गर्ने, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने लगायतका एजेण्डामा छलफल हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?