National life

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड’ अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
823Shares
कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड’ अफर
ncell

काठमाडौं । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।

उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ।

रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफरले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रिफररले आफ्नो रिफरल कोडसँगै लिंक पनि सेअर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ। रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु। २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार रु। २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० सदस्य बैंक तथा वित्तीय संस्थामार्फत रु। ४१ खर्ब २६ अर्बबराबरको ५ करोड ५ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?