National life

कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा आइएमई पे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
1.2kShares
कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा आइएमई पे
ncell

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’ आन्तरिक पर्यटनको प्रवर्धन सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ ।

‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमालू, लेककी हे माया’, ‘तिमी पारी डाँडापारी आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा सामीप्य, आदि सङ्घ संस्थाले प्रवर्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?