National life

काठमाडौं महानगरपालिकाद्वारा श्रम सहकारी दर्ताका लागि सूचना आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
411Shares
काठमाडौं महानगरपालिकाद्वारा श्रम सहकारी दर्ताका लागि सूचना आह्वान
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ताका लागि सूचना आह्वान गरेको छ । महानगरले शुक्रबार एक सूचना प्रकाशित गर्दै श्रम सहकारी स्थापनाका लागि आह्वान गरेको हो ।

खरिद नियमावलीमा नै ५ करोडसम्मको विकास निमार्ण कार्य श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था रहेकोले परीक्षणका लागि केही सहकारी स्थापना गरेर हेर्न श्रम सहकारीको सूचना आह्वान गरेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरको सहकारी विभागकी उप–निर्देशक विमला कोइरालाका अनुसार खरिद ऐन र नियमावली ५ करोडसम्मको विकास निमार्णको काम श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था गरेको छ ।

Royal Enfield
nic asia capital

श्रम सहकारी संस्था मार्फत विकास निर्माण लगायत विभिन्न सामाजिक प्रवर्द्धनका कार्यहरु गर्न सहकारी स्थापनाको लागि आह्वान गरेको महानगरले जनाएको छ ।

महानगरको सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद नियमावली २०६४ नियम ९७ (क) अनुसार प्रतिस्पर्धामा भाग लिने समेत प्रयोजनका लागि सहकारी ऐन २०७४ अनुसार श्रम सहकारी संस्था गठन गरी उल्लेखित कार्य गर्न इच्छुक श्रमिकहरुले सहकारी विभागमा सम्पर्क राख्नुहुन सूचना प्रकाशित गरिएको छ’ ।

यो समाचार शेयर गर्नुहोस्
411SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?