National life

काठमाण्डौ ल्यान र एनआईसी एशिया बीच ‘आइडिया टु आईपीओ’ समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
600Shares
काठमाण्डौ ल्यान र एनआईसी एशिया बीच ‘आइडिया टु आईपीओ’ समझदारी
ncell

काठमाण्डौ। एनआईसी एशिया क्यापिटल र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ।

कम्पनीका अनुसार उक्त सेवाअन्तर्गत काठमाण्डौ ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

काठमाण्डौ ल्यानको संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल उक्त कम्पनीले भैंसेपाटीमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?