National life

कामना सेवा विकास बैंकका यी शाखाहरू भोली र पर्सी पनि खुला रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
638Shares
कामना सेवा विकास बैंकका यी शाखाहरू भोली र पर्सी पनि खुला रहने
ncell

काठमाडौं । भोलि र पर्सी लगातार दुई दिन सरकारले सार्वजनिक बिदा दिएको छ । भोली माघ १६ गते सहिद दिवस र पसी माघ १७ गते सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाहरू लगायतका अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, कामना सेवा विकास बैंकले भने आफ्ना केही शाखाहरूबाट सेवा प्रदान गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले भोली र पर्सी बैङ्कले बिदाको समयमा सात ओटै प्रदेशमा केही शाखा खुल्ला राख्ने जनाएको हो ।

बैंकले भोली सहिद दिवसमा पनि कोसी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको हरिबन शाखा, काठमाडौं उपत्यकाको गंगबु शाखा, नारायणघाटको नारायणघाट शाखा, बुटवलको मैना बगर शाखा, पोखराको न्यु रोड शाखा, र सुदूरपश्चिमको महेन्द्रनगर शाखा खुल्ला राख्ने जनाएको छ ।

यस्तै पर्सी सा्ेनाम ल्होसारको दिन भने कोसी प्रदेशको बिर्तामोड शाखा, मधेस प्रदेशको राजविराज शाखा, काठमाडौं उपत्यकाको भिमसेनगोला शाखा, नारायणघाटको कावासोती शाखा, बुटवलको खटीहवा शाखा, पोखराको सृजना चोक शाखा, र पश्चिमको घोराही शाखा खुल्ला राख्ने बैङ्कले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?