National life

कामना सेवा विकास बैंकको नाफामा सुधार, १८७% ले बढ्यो नाफा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
678Shares
कामना सेवा विकास बैंकको नाफामा सुधार, १८७% ले बढ्यो नाफा
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले नाफामा सुधार गरेको छ । असोज मसान्तमा बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको हाे । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंककाे अघिल्लो वर्षको सोही अवधिमा नाफा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी भटेको छ भने सञ्चालन नाफा बढेको छ । गत आवको असोज मसान्तमा ५२ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ४९ करोड ९ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा भने बढेको छ । गत आवको असोज मसान्तमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर १८ करोड ९५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । गत आवको असोज मसान्तमा २५ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज अहिले घटेर ९ करोड ५२ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.४० प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?