काठमाडौँ। कामना सेवा विकास बैंकले सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ ।
बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश ९कर सहित० जम्मा गरेको जनाएको छ ।
यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।
त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।


































