काठमाडौं। आज पहिलो दिन कारोबा सुरु गरेको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नियमित शेयर कारोबार सुरु भएको १० मिनेट नबिट्दै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६१७.६० रुपैयाँ कायम रहेको छ ।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।
यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।
सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो । सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ ।

































