National life

कालिका पावरले पार्‍यो शेयर धनीलाई खुशी, कति प्रतिशत दिँदै छ लाभांश ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
637Shares
कालिका पावरले पार्‍यो शेयर धनीलाई खुशी, कति प्रतिशत दिँदै छ लाभांश ?
ncell

काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडले शेयर धनीलाई लाभांश घोषणा गरेको छ।

पुष ७ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital

कम्पनीले उक्त प्रस्तावसहित पुष २९ गते साधारण सभा बोलाएको छ। सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर–१०, चितवनमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुष १८ गतेसम्म कायम शेयर धनीले मात्र लाभांश प्राप्त गर्न  योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?