National life

कृषि क्षेत्रको बिकास गर्न सके मात्रै देशको आर्थिक क्षेत्र बलियो हुन्छ: कृषिमन्त्री शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
1.2kShares
कृषि क्षेत्रको बिकास गर्न सके मात्रै देशको आर्थिक क्षेत्र बलियो हुन्छ: कृषिमन्त्री शाह
ncell

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले कृषि क्षेत्रको विकास गर्न सकेमा मात्रै देशको आर्थिक क्षेत्र बलियो बन्ने धारणा राखेकी छिन् ।

आजको प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहले कृषि क्षेत्रमा लगानी बढाएर अघि बढाउन सकेमा मात्रै आर्थिक क्षेत्र अघि बढ्ने बताएकी हुन्।

यस्तै किसानले पाउन बाँकी भुक्तानीको विषयमा समेत उनले प्रस्ट्याएकी छिन् । किसानले पाउनुपर्ने रकमका लागि बजेट विनियोजन भए पनि रकम अपुग भएको मन्त्री शाहको भनाई छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘किसानलाई ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा लागेका छौँ,’ मन्त्री शाहले भनिन् ।

यसबाहेक कृषि क्षेत्रमा रोजगारी सृजना गर्ने विषयमा सरकार नै चिन्तित भएको उनको भनाई छ। मधेसमा ८ लाख हेक्टर जग्गा भए पनि युवा बिदेसिइरहेको बताउँदै मन्त्री शाहले त्यसतर्फको जग्गामा खेतीका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ । ‘सबैले आफ्नो निर्वाचन क्षेत्रमा कृषि क्षेत्रको पुर्नउत्थानका लागि अभियान चलाउने समय आएको छ,’ मन्त्री शाहले भनिन् ।

देशभर बाँझो बनिरहेको जग्गालाई खेतीयोग्य बनाउनका लागि ४ देखि ५ वटा मन्त्रालयको सहकार्य चाहिने मन्त्री शाहको भनाई छ । उद्योग, कृषि, श्रम र सिँचाइ लगायत मन्त्रालयको सहकार्य भएमा सहजै बाँझो जग्गाको व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?