National life

खानी उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
943Shares
खानी उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी
ncell

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन्।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बिु ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक ड्रिलिङ कार्यको समुद्घाटन कार्यक्रममा आज उनले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रुपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने उनको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारीले भने, ‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरु पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरुको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने संकल्पमा हामी अडिग छौँ, यस काममा नेपाल र चीनबीचको साझेदारीले सीमाना र विविधताभन्दा माथि उठेर मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि र प्रगतिका लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास मैले लिएको छु।’

उनले जमिन मुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खननले राष्ट्रको समृद्धिको रेखा कोर्ने बताए। उनले भने, ‘यी स्रोतहरुको अन्वेषणले हाम्रो उर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरु पनि प्रस्तुत गर्नेछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री भण्डारीले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्व खोज तथा अनुसन्धानले देखाएको बताए। उनले भने, ‘अहिलेको यस परियोजनामार्फत पनि गरिएका सर्फेस जियोलोजिकल, सेस्मिक तथा म्यग्रेटोटेलुरिक सर्वे तथा टोटल अर्गानिक कार्बनको परीक्षणबाट आएका नतिजाहरुले यसलाई थप पुष्टि गरेको मैले जानकारी पाएको छु, आज थालनी हुन लागेको यस ड्रिलिङले पेट्रोलियम पदार्थको एउटा असल भण्डार फेला पर्न सकोस भन्ने कामनासमेत गर्दछु।’

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?