National life

गुजरातमा भारतकै सबैभन्दा लामो पुलको निर्माणः मोदीले गरे उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
889Shares
गुजरातमा भारतकै सबैभन्दा लामो पुलको निर्माणः मोदीले गरे उद्घाटन
ncell

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा देशको सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ। यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो। अब यसलाई 'सुदर्शन सेतु' नाम दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बेट द्वारका मुख्य द्वारका सहरबाट करिब ३० किलोमिटर पर ओखा बन्दरगाह नजिक एक टापु छ। भगवान् श्रीकृष्णको प्रसिद्ध द्वारकाधीश मन्दिर यहीँ अवस्थित छ।

मोदीले उद्घाटनअघि यस पुललाई गुजरातको विकास यात्राको एक अहम अवसरु भनेका छन्। उनले बेट द्वारका मन्दिरमा पूजाअर्चना पनि गरेका छन्।

यस पुललाई यहाँका बासिन्दा र द्वारकाधीश मन्दिरमा आउने श्रद्धालुका लागि धेरै महत्त्वपूर्ण मानिएको छ। ओखा र बेट द्वारकाबीच आउन जान सहज बनाउनका लागि यस परियोजनाको शुरुवात सन् २०१७ मा भएको थियो।

पहिले डुंगाबाट मात्रै यस द्वीपमा जान सकिन्थ्यो । यस पुलको निर्माणमा ९७८ करोड भारतीय रुपैयाँ खर्च भएको छ।

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?