National life

गुठी विधेयक सक्दो छिटो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
693Shares
गुठी विधेयक सक्दो छिटो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
ncell

काठमाडौँ। सक्दो छिटो गुठी विधेयक ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गुठी समस्याबारे छलफल पश्चात् राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन गर्ने भएको हो ।

उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । मन्त्री अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सांसदहरूले पनि गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भनेर खोज्ने छ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौं,’ मन्त्री अधिकारीले भने । दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठी अन्तर्गत रहेको अधिकारीको भनाई छ।

बैठकको अन्तिममा समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन निर्देशन दिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?