National life

गैरआवासीय नेपालीको सक्रियतामा औषधि उद्योग सञ्चालन, सभामुख घिमिरेद्वारा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
641Shares
गैरआवासीय नेपालीको सक्रियतामा औषधि उद्योग सञ्चालन, सभामुख घिमिरेद्वारा उद्घाटन
ncell

काठमाडौँ। गैर आवासीय नेपालीको आर्थिक लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ।

सोमबार एक विशेष कार्यक्रम सहित उक्त औषधि उद्योगको प्रारम्भ गरिएको थियो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरेका हुन् । सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे ।

दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै शुभकामना व्यक्त गरे ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्य योजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?