National life

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान अनुमति समाप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
601Shares
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान अनुमति समाप्त
ncell

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको कतार एयरवेजको दुई साता नबित्दै उडान स्थगित भएको छ ।

कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।

कतार एयरवेजले आइतबारदेखि नयाँ उडानका लागि अनुमति नलिएको गौतम बुद्ध विमानस्थल स्रोतको भनाई छ। नोभेम्बर ३० सम्म अनुमति मागेको भएपनि त्यसपश्चात् के गर्छ भन्ने विषयबारे केही जानकारी नआएको विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रावतले छोटो कुराकानी गर्दै भने उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले उडानका लागि कुनै प्रस्ताव नगरिएको उनको भनाई छ।

कार्तिक २७ गतेदेखि मंसिर मंसिर ९ गतेसम्म कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गरेको छ । भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?