National life

ग्लोबल आइएमई बैंकको आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
614Shares
ग्लोबल आइएमई बैंकको आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा
ncell

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी घर कर्जा सार्वजनिक गरेको छ ।

बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रुपमा कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ ।

ग्राहक महानुभावहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । यो योजना सिमित अवधिका लागि रहेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?