National life

चीनबाट १ वर्षमा ६५ अर्बको सामान आयात हुँदा १ अर्ब ९६ करोडको निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
698Shares
चीनबाट १ वर्षमा ६५ अर्बको सामान आयात हुँदा १ अर्ब ९६ करोडको निर्यात
ncell

काठमाडौं । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।

आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।

निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानूनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रूपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए ।

गत आवमा सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए ।

गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव २०७९(८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए ।आव २०८०(८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार रुपैयाँ असुल भइ राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?