काठमाडौँ। चैत २८ गते गण्डकी प्रदेशमा जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा सञ्चालन हुने भएको छ ।
नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, पोखराले आज (चैत्र २५ गते) एक सूचना जारी गर्दै २८ गते बुधवार परीक्षा हुनेबारे जानकारी दिएको छ । प्रकाशित सूचना अनुसार अनलाइन माध्यमबाट हुने उक्त परीक्षा दिउँसो चार बजेदेखि साढे पाँच बजेसम्म सञ्चालन गरिने छ।
परीक्षामा देशभरका परीक्षार्थीहरू समावेश हुन पाउनेछन् ।
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरूको परीक्षा दिएर मात्र ईजाजतपत्र दिने व्यवस्था भएकाले परीक्षा सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।


































