National life

छात्रवृत्ति अक्षयकोष स्थापनाका गर्न नेपाल बैकद्वारा ३० लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
654Shares
छात्रवृत्ति अक्षयकोष स्थापनाका गर्न नेपाल बैकद्वारा ३० लाख सहयोग
ncell

काठमाडौँ। नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत नेपाल प्रहरीका , सहिद परिवारका , बहालवाला र हवलदार दर्जासम्मका सन्ततिहरूमध्येमा उत्कृष्ट अङ्क ल्याउने  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न नेपाल बैंकले अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले उक्त अक्षयकोष स्थापनाका लागि रू ३० लाख आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैक लिमिटेड र नेपाल प्रहरी बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले रू ३० लाख रकमको चेक प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाललाई हस्तान्तरण गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?