National life

जनकपुर शाखा प्रबन्धक पक्राउ र असुलीमा अनियमिततासम्बन्धी समाचार भ्रामक: सिद्धार्थ बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
522Shares
जनकपुर शाखा प्रबन्धक पक्राउ र असुलीमा अनियमिततासम्बन्धी समाचार भ्रामक: सिद्धार्थ बैंक
ncell

काठमाडौं । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका ‘शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ एवं बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको’ भनी विभिन्न सञ्चार माध्ययमहरूबाट प्रकाशित र प्रसारित समाचारप्रति बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

वास्तविकताभन्दा बाहिर गई समाचार सम्प्रेषित भन्दै बैंकले बैंक, बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना भएकाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य विवरण सरोकारवाला सबैको जानकारीका लागि सम्प्रेषण गर्न आवश्यक देखिएकाले प्रेस विज्ञप्ति जारी गर्नुपरेको बैंकले जनाएको छ ।

बैंकको क्षीरेश्वर शाखा कार्यालय तथा जनकपुर शाखा कार्यालयबाट कर्जा उपभोग गरेका ऋणीहरूले बैंकलाई भुक्तानी गर्नुपर्ने सावाँ एवं व्याज निर्धारित भाखा नाघेको लामो समयसम्म पनि चुक्ता भुक्तान नगरेपश्चात् बैंकले पटकपटक मौखिक एवं लिखित रूपमा पत्राचार गरेको, ३५ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको, सो समयावधिभित्र समेत कर्जा राफसाफ नगरेकाले कानुनबमोजिम कर्जा असुलीको थप प्रक्रियास्वरूप धितो लिलामीका लागि दोस्रो पटक सूचना प्रकाशन गर्दा रितपुर्वक प्राप्त बोलपत्रमध्येबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृत बोलपत्रदाताको नाममा दाखा नामसारी गरेको बैंकले जानकारी गराएको छ ।

विद्यमान कानुनी प्रक्रिया एवं प्रचलित बैकिङ अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमति जनाई ऋणी धितो जमानतदातासमेतको संलग्नतामा पुस ११, १२ र १४ गते केही व्यक्तिहरूले बैंकको विद्यापति चोक, रामानन्द चोक एवं जनकपुर शाखा कार्यालयमा धर्ना दिने, नाराबाजी गर्नेलगायतका क्रियाकलाप गरी बैंक सञ्चालनमा समेत व्यवधान खडा गरेको बैंकको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गरी सो सम्बन्धमा जानकारी गराएको, सुरक्षा निकायका प्रतिनिधिहरू बैंकको जनकपुर शाखा कार्यालयमा आएपश्चात् छलफलरवार्ताका लागि प्रहरी कार्यालय उपयुक्त स्थान हुने भनी सुरक्षा निकायका पदाधिकारीहरूको सुझावबमोजिम पुस ११ गते बैंकका शाखा प्रबन्धक तथा कर्जा हेर्ने कर्मचारीसमेत जिल्ला प्रहरी कार्यालयमा आवश्यक छलफलका लागि जाँदाको अवस्थालाई केही व्यक्तिहरूले भिडिओ खिची सोही आधारमा बैंकको शाखा प्रबन्धक पक्राउ भनी भ्रामक समाचार प्रसारणरप्रकाशन भएकामा यसमा सत्यता नभएको एवं स्वीकृत कर्जाको शर्तअनुरूप बैंकको कर्जा भुक्तान नगरेका ऋणीको प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरेर बैंकले धितो लिलामीको प्रक्रिया सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकले विद्यमान कानुनी प्रक्रिया एवं प्रचलित बैंकिङ अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा सम्बन्धित पक्षहरूलाई चित्त नबुझेको खण्डमा प्रचलित कानुनबमोजिम सक्षम निकायसमक्ष न्यायिक उपचारका लागि जान सकिने अवस्था रहेको स्मरण गराएको छ । कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरूद्ध हुने गरी बाधाव्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा छ । साथै बैंकजस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि पनि सम्बन्धित सबैमा बैंकले अनुरोध गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?