काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ९ गतेका लागि सभा बोलाएको हो ।
गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७औँ वार्षिक साधारण सभा बोलाएको हो । जेष्ठ ९ गतेका दिन बिहान १० बजे काठमाण्डौको कालिका स्थानमा रहेको अमृत भोग केटरर्समा वार्षिक साधरणसभा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।
उक्त सभामा कम्पनीको सञ्जाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने कम्पनीको जानकारी छ ।
सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात् चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्रद जारी गर्ने र बोनस र हकप्रद पश्चात् अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसै गरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७९-८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०-८१ को लेखा परीक्षणका लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।






































