National life

डीडीसीले किसानलाई दूधको ६ अर्ब भुक्तानी नदिएको भन्दै तुरुन्त भुक्तानी गर्न माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
972Shares
डीडीसीले किसानलाई दूधको ६ अर्ब भुक्तानी नदिएको भन्दै तुरुन्त भुक्तानी गर्न माग
ncell

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले नेपाली किसानको ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम भुक्तानी नगरेकोप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले विरोध गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै डीडीसीले समयमै भुक्तानी नदिँदा देशका ३० लाख किसान परिवार समस्यामा परेको जनाएका छन्।

‘किसानले बिक्री गरेको दूधको करिब ६ अर्ब रुपैयाँ विगत ६ महिनादेखि भुक्तानी नभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ हामी डीडीसी र विभिन्न निजी कम्पनीबाट किसानको अर्बौं रुपैयाँ भुक्तानी नगर्ने लज्वास्पद कार्यको घोर भत्सर्ना गर्दै किसानको रकम तुरुन्त भुक्तानी गर्न जोडदार माग गर्दछौँ।

विज्ञप्तिमा किसानलाई दूधको मूल्य नदिएको संस्थानले धुलो दूधको आयात बढाएको भन्दै विरोध गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 विज्ञप्ति

 

https://aarthikvoice.com/archives/19049

यो समाचार शेयर गर्नुहोस्
972SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?