National life

डीडीसीले २५ करोड सहुलियत पाउँदा समेत दूधको भुक्तानी तिर्न सकेन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
795Shares
डीडीसीले २५ करोड सहुलियत पाउँदा समेत दूधको भुक्तानी तिर्न सकेन
ncell

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदा समेत दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको रकम भुक्तानी नगरेको बताएका छन् ।

आज मङ्गलवार पत्रकारसँगको भेटघाटमा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ बुझाई सक्दा समेत अझै थप साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताए छन् ।

डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको मन्त्री अधिकारीको भनाई छ । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ (मक्खन, पाउडर) मौज्दात रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन नसकेको उनले बताएका छन् । अधिकारीले दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेको बताए।

मन्त्रालयबाट केही वर्षमा अनुदानका नाममा अर्बौँ रकम  बाहिरिएको भन्दै उनले सो रकम सही ठाउँमा लगानी भए–नभएको खोजी गर्नलाइ समेत निर्देशन दिइएको जानकारी दिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?