National life

दक्षिण एसियाकै उत्कृष्ट होटलको व्यवसायी गुरुङले गरे भूमिपुजा, लगानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
1.5kShares
दक्षिण एसियाकै उत्कृष्ट होटलको व्यवसायी गुरुङले गरे भूमिपुजा, लगानी कति ?
ncell

काठमाडौँ। व्यवसायी मीनबहादुर गुरुङले दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल निर्माणको कार्य थालनी गरेका छन्। आज व्यवसायी गुरुङले विशेष पूजापाठ सहित स्क्वायर होटलको शिलान्यास गरेका छन् ।

नेकमा एमालेको पार्टी कार्यालय बनाउन जग्गा दान गरेसंगै चर्चामा रहेका व्यवसायी गुरुङले सोमबार दरबारमार्गमा भूमि पूजासहित होटल निर्माण सुरु गरेका हुन्। दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पाँच तारे अन्नपूर्ण होटललाई पुनर्निर्माण गरेर नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्नका लागि सम्झौता भएको गुरुङ निकट स्रोतले जनाएको छ ।

अब पुरानो अन्नपूर्ण होटलको भवनहरू भत्काएर नयाँ भवन निर्माण गरिने भएको छ। होटलको सम्पूर्ण संरचना निर्माण गरेर २०८५ को वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने तयारी रहेको रहेको व्यवसायी गुरुङको भनाई छ । नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य रहेको उनको भनाई छ । गुरुङको अनुसार होटलमा ६ अर्ब रुपैयाँ बढी लगानी हुने अनुमान छ ।

गुरुङले भूमि पूजाका क्रममा अन्नपूर्ण स्क्वायरलाई “सुन्दर नेपालको सुन्दरताको प्रतीक”का रूपमा परिभाषित गरेका हुन्  छन् । २५ तलाको यो होटलमा ६ हजार मानिस अटाउने ठूला तीन हल, ४० वटा अपार्टमेन्ट, र ३३० वटा कोठा रहनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?