National life

दुर्घटना बीमा निर्देशिका २०७८ संशोधन, यी हुन थपघट भएका बुँदा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
434Shares
दुर्घटना बीमा निर्देशिका २०७८ संशोधन, यी हुन थपघट भएका बुँदा
ncell

काठमाडौँ। बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ लाई संशोधन गरेको छ। प्राधिकरणले समयसापेक्ष संशोधन गर्न वाञ्छनीय भएकाले बीमा ऐन, २०७९ को दफा (७) ले दिएको अधिकारको प्रयोग गरी दुर्घटना बीमा निर्देशिका संशोधन गरेको जनाएको छ ।

प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा १६ मा उपदफा (३) थप गरी सामूहिक दुर्घटना बीमादर, औषधी उपचार सम्बन्धी निर्देशन थप गरेको छ भने दाबी भुक्तानी र विवाद समाधान जस्ता निर्देशन हटाएको छ।

प्राधिकरणका अनुसार सामूहिक दुर्घटना बीमा अन्तर्गत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदङ्गा, आतङ्कवाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा ५ प्रतिशत रकम छुट प्रदान गर्न यस दफाले बाधा पुर्‍याएको नमान्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, दुर्घटनाको कारणबाट बीमितको औषधी उपचार गर्दा खर्च भएमा बीमा कम्पनीले बीमाङ्क रकम वा १ लाख रुपैयाँ वा बिल भर्पाइ जुन कम हुन्छ सो अनुसार शोधभर्ना दिनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ । औषधी उपचार बापत दिइएको शोधभर्ना रकम बीमाङ्क रकममा थप हुनेछ र निर्देशिका बमोजिम उपचार गराउँदा गराउँदैको अवस्थामा बीमितको मृत्यु भएमा समेत सो बराबरको रकम सक्कल बिल भराई बमोजिम बीमकले शोधभर्ना दिनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा २० को देहाय बमोजिमको उपदफा (१) हटाएको हो। जसमा उल्लेख भएको बीमादर हुलदंगा तथा आतंकवाद जोखिम समूह लगायत सबै जोखिमहरुको लागि लाग्ने एकमुष्ट बीमादर हुनेछ र बीमकले हुलदंगा तथा जोखिम आतंकवाद जोखिम समूहको जोखिम नसमेटिने गरी बीमालेख जारी गर्न पाउने छैन भन्ने निर्देशन रहेको थियो ।

त्यस्तै, बीमा कम्पनीले बीमाङ्क रकम भन्दा बढी हुनेगरी दाबी भुक्तानी नगर्ने संशोधित निर्देशिकामा उल्लेख छ । यसका साथै बीमा कम्पनीहरुले बीमालेखको नमूना वेबसाइटमा राख्नुपर्ने व्यवस्था पनि हटाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?