काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्ने बताएका छन् ।
चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।
देशको अर्थतन्त्र दिनप्रतिदिन पर निर्भर हुँदै गएको र केही समय पहिले खाद्यान्नमा निर्यात गर्ने देश अहिले खाद्यान्न लगायत धेरै कुरा आयात गर्ने देशमा परिणत भएको उनको भनाई छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दे गर्दा सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मेहनत रहेको दाबी समेत गरे ।

































