National life

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
710Shares
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट गर्न सकिने
ncell

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भदौबाट सञ्चालनमा ल्याएको हो ।

साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफरमार्फत आइएमई पे का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘WATER’ प्रयोग गरी १०० रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधाले धरानवासीलाई लामो लाम बस्नुपर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘आइएमई पे ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?