National life

निजी क्षेत्र हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा छैन : नेपाल उद्योग परिसंघ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
779Shares
निजी क्षेत्र हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा छैन : नेपाल उद्योग परिसंघ
ncell

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ । परिसंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्र मन्दीमा रहेको समेत बताएको छ ।

उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घटेको परिसंघले छ ।

परिसंघका अनुसार उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ ।

Royal Enfield
nic asia capital
उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् ।

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने परिसंघले जनाएको छ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघले अनुरोध गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?