National life
cg eloctronics

निर्माण व्यवसायी चन्दले ५ करोडको लगानीमा सुरु गरे बाख्रापालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० साउन २०८०, शनिबार
821Shares
निर्माण व्यवसायी चन्दले ५ करोडको लगानीमा सुरु गरे बाख्रापालन
muktinatha bikash bank

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन धेरैलाई आकर्षित गर्ने किसिमको छ । १५० वटा उन्नत जातका बाख्रा रहेको उनको फार्ममा पाँच करोड लगानी भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । उनको फार्ममा सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत छ, जसको तौल १८० किलो छ ।

‘पाँच÷छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो’, उनले भने ।

everest bank

बाख्रा पाल्नकै लागि चार तलाको पक्की घर बनाएका उनले गत वर्ष स्थानीय खरी जातको बाख्रापालन सुरु गरेका थिए । अहिले सिरोही, तोतापरीलगायतमन उन्नत जातका समेत गरी उनको फार्ममा १५० वटा बाख्रा छन् ।

उनको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौं’, उनले भने ।

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ छ ।

‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ’, चन्दले भने । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना उनले बताएका छन् ।

बुवाबाजेको पालादेखिको जमिन खाली हुन थालेपछि त्यसलाई संरक्षण गरी चरनका लागि उपयोग गरिरहेको चन्दले बताए ।रासस

यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?