काठमाडौँ– विश्व बैंकले विपद् व्यवस्थापनका लागि नेपाल सरकारलाई तत्काल सुविधा (क्याट्रोस्ट्रोफी ड्र–डाउन) अन्तर्गत २० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा विश्व बैंक र नेपाल सरकारबिच उक्त सहुलियतपूर्ण ऋणको सम्झौता भएको हो।
अर्थ सचिव डा.रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।


































