काठमाडौँ। आज एक कार्यक्रमको बिच नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ ।
बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अङ्कित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । बैंकले कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिएको छ ।
बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री गरिएको छ ।
तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदकलाई हिजो अर्थात् फागुन १० गते बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ ।
































