काठमाडौँ। भदौ महिनाको १ गतेदेखि लागु हुने गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर घटाएको छ । बैंकले
मुद्दती निक्षेपमा बैंकले व्यक्तिगतमा ६.५० प्रतिशत , रेमिटेन्समा ७.५० प्रतिशत र संस्थागतमा ५.५० प्रतिशतले अधिकतम ब्याजदर निर्धारण गरेको छ ।
साउनमा बैंकले व्यक्तिगतमा ७ प्रतिशत , रेमिटेन्समा ८ प्रतिशत र संस्थागतमा ६ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको थियो । भदौका लागि व्यक्तिगतमा ३ देखि ६ महिना अवधिका लागि ४.७५ प्रतिशत , ६ देखि माथि १२ महिना भन्दा कम अवधिका लागि ५.५० प्रतिशत , १ देखि २ वर्ष अवधिका लागि ६ प्रतिशत र २ वर्षदेखि माथिको अवधिका लागि ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।
रेमिटेन्समा १ वर्ष अवधिमा ६.५० प्रतिशत , १ देखि २ वर्ष अवधिमा ७ प्रतिशत र २ वर्षदेखि माथि अवधिमा ७.५० प्रतिशत ब्याजदर निर्धारण भएको छ। संस्थागतमा ६ महिनादेखि १ वर्ष अवधिमा ४.५० प्रतिशत , १ देखि २ वर्ष अवधिमा ५ प्रतिशत र २ वर्षदेखि माथि अवधिमा ५.५० प्रतिशत ब्याजदर कायम भएको छ ।


































