National life

नेपाल टेलिकमको नाफा १ अर्ब ७३ करोड, सञ्चालन आम्दानीमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.4kShares
नेपाल टेलिकमको नाफा १ अर्ब ७३ करोड, सञ्चालन आम्दानीमा वृद्धि
ncell

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अर्थतन्त्रमा आएको शंकुचनका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

सार्वजनिक विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कमी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको सञ्चालन आम्दानी सामान्य बढेको छ ।

गत वर्ष ८ अर्ब ५८ करोड रुपैयाँ सञ्चालक आम्दानी गरेको कम्पनीको आम्दानी बढेर ८ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा झरेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीकोको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५३५ रुपैयाँ ०९ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?