National life

नेपाल बैंकले निर्धारण गर्‍यो मंसिरका लागि नयाँ ब्याजदर, कुनमा कति प्रतिशत पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
412Shares
नेपाल बैंकले निर्धारण गर्‍यो मंसिरका लागि नयाँ ब्याजदर, कुनमा कति प्रतिशत पाइन्छ ?
ncell

काठमाडौँ। नेपाल बैंक लिमिटेडले कार्तिक महिनाको अन्तिम दिन मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेको छ।  जसअनुसार बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएको छ ।

बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कार्तिक महिनामा समेत यही ब्याजदर कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले मंसिर महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.११ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?