National life

नेपाल बैंकले समयमै कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
774Shares
नेपाल बैंकले समयमै कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने
ncell

काठमाडौं । नेपाल बैंकले कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै २१ ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिनको समय दिदै धितो लिलाम बिक्री गर्ने बताएको हो ।

यसअनुसार यही २८ गतेभित्र ऋणीले कर्जा तिर्नुपर्नेछ । सो अवधिमा कर्जा भुक्ता नगरे म्याद समाप्त भएको मितिले भोलिपल्ट (सो दिन बैंक विदा परेमा त्यसलगत्तै कार्यालय खुलेको दिन)देखि नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार धितो लिलाम बिक्री गरिने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

धितो किन्न इच्छुकले आफूले सकार गर्न चाहेको मूल्य बोलकबोल गर्नुपर्नेछ। डाँक बढाबढमा बढी मूल्य कबोल गर्नेले कबोल अंकको १० प्रतिशत रकम धरौटीस्वरुप तुरुन्त राख्नुपर्ने र कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ। अन्यथा धरौटी जफत हुने बैंकले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?